Rumpum

Rumpum Advertisement

उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु

उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु

उदयपुर १५ मंसिर । जिल्ला अस्पताल उदयपुरमा आइतबार एक सुत्केरीको मृत्यु भएको छ । उपचार गर्न ढिलो अस्पताल ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–७ की २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिलो हुँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. विजय मेहताले बताए ।

बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान् प्रेमले लिएर आएका थिए । बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो ।

श्रीमान् रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।