सागको उद्घाटन भब्य

काठमाडौं १५ मंसिर । नेपालमा सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राजधानीको दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरिन् ।

साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेको थिए । अधिकारीले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक पनि जितेका थिए । सागमा नै चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरे ।

नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत गरिएको छ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरे ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २८ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Loading...