Rumpum

Rumpum Advertisement

भूत भगाउन मध्यरातमा विद्यालयमा धामी !

भूत भगाउन मध्यरातमा विद्यालयमा धामी !

विराटनगर, १५ मंसिर । अध्ययनका लागि आएका विद्यार्थी विरामी भएपछि मोरङको बेलबारी नगरपालिका स्थित एक विद्यालयमा मध्यरातमा धामी बोलाएर चिन्ता बसाइएको छ । शनिबार राति बेलबारी– ६ स्थीत विरेन्द्र माध्यमिक विद्यालयमा धामी राखिएको हो ।

विद्यार्थी एक्कासी विरामी हुने, टोलाउने समस्या देखिएपछि शिक्षक र अभिभावकले धामीलाई जोखाना देखाएका थिए । जोखाना देखाउँदा आत्मा बसेको बताएपछि शनिबार धामी राखिएको स्कुलका प्रध्यानाध्यापक तीर्थबहादुर राईले जानकारी दिए ।

शनिबार धामी राखेपछि आइतबार विद्यार्थीहरुमा कुनै समस्या नदेखिएको उनले बताए । केही दिनदेखि विद्यालयमा अध्ययनरत छात्रामा मात्र यस्तो समस्या देखिएपछि शुक्रबार स्कुल बिदा गरिएको थियो ।

शनिबार अभिभावकहरुको सल्लाहमा भूत भगाउनका लागि भोजपुरबाट धामी बोलाएर जागित्र(भूत) भगाइएको राईले जानकारी दिए । भूत भगाउन राति १२ बजेसम्म विद्यालयमा जाग्राम बसेको उनले बताए । उनका अनुसार विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।