fbpx

उपनिर्वाचन २०७६ : मकालु गाउँपालिकाको अध्यक्षमा पोखरेल निर्वाचित

संखुवासभा, १५ मंसिर । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले नेपाली कांग्रेसका विमन पराजुलीलाई ८ सय २ मतान्तरले पराजित गरेका हुन् ।

पोखरेल ३ हजार १८ मत ल्याएका थिए भने कांग्रेसका पराजुलीले २ हजार २ सय १६ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २ सय ९८ मत प्राप्त गरेका छन् ।

Loading...