fbpx

नेकपाका उमेदवारलाई हराउँदै समाजवादी पार्टीका चौधरी निर्वाचित

बारा, १५ मंसिर । बाराको बारागढी गाउँपालिका–१ को अध्यक्षमा संघीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन् । निकडतम प्रतिद्वन्द्वी नेकपाका शंकर चौधरीलाई हराउँदै उनी विजयी भएका हुन् ।

निमित्त निर्वाचन अधिकृत मनिष साहका अनुसार समाजवादीका चौधरीले १ हजार ९ सय ५५ कूल मतमध्ये ७ सय ४९ मत ल्याएका थिए । यता, नेकपाका शंकर चौधरीले ६ सय ७२ मत प्राप्त गरेका थिए ।

Loading...