fbpx

पोखरामा बाटो बनाउँदा ५ जना कामदारको मृत्यु

पोखरा, १५ मंसिर । कास्कीको पोखरा महानगरपालिकाको–२० स्थित मौंजा विसौंनामा माटोको ढिस्कामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान माटोको ढिस्कोमा पुरिएर पाँच जना कामदारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीका अनुसार मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेका छन् ।

भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो ।

Loading...