fbpx

शीघ्र स्वास्थ्य लाभको कामना दिँदै प्रधानमन्त्री ओलीलाई मोदीको चिठ्ठी

काठमाडौं, १५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी पठाएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत ओलीलाई मोदीले शनिबार चिठ्ठी पठाएका हुन् ।

महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका ओलीलाई मोदीले शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै भारतीय दूतावासमार्फत् चिठ्ठी पठाएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए । अहिले उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको चिकित्सकहरूको भनाइ छ ।

Loading...