fbpx

उपनिर्वाचन मतगणना : धरानमा नेकपालाई उछिन्दै कांग्रेसको अग्रता

विराटनगर, १५ मंसिर । धरान उपमहानगरमा प्रमुख पदको लागि शनिबार सम्पन्न मतदानको गणना कार्य जारी छ । पछिल्लो मतपरिणामअनुसार सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई उछिन्दै नेपाली काँग्रेसले अग्रता लिएको छ ।

काँग्रेस उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत ल्याएको छन् । सुरुदेखि अग्रता लिएका प्रकाश पछिल्लो मतपरिणामअनुसार ४ सय ३४ मतलेपछि परेका छन् ।

Loading...