visit-nepal

प्रधानमन्त्रीले अस्पतालको आइसियू कक्षबाटै आइप्याडमा सागको उद्घाटन हेर्ने

काठमाडौं, १५ मंसिर । बिरामी भएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद ९साग०को उद्धाटन आइप्याडबाट हेर्ने भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया पछि अस्पतालमै रहेका ओलीले अस्पतालबाटै आइप्याडमा उद्धाटन खेल हेर्ने भएका हुन् ।

उनी महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेका प्रधानमन्त्री ओलीले आज साँझ हुने सागको उद्धाटन अस्पतालबाटै हेर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले उद्घाटन हेर्ने इच्छा गरेपछि अस्पतालले आइप्याडमा देखाउने तयारी गरेको हो ।

उनले सागमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, स्वास्थ्यमा समस्या आइपरेपछि उनी अस्पताल भर्ना भएका थिए । ओलीको १० मंसिरमा सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए ।

Loading...