साग : पुरुष भलिबलतर्फ पनि भारत फाइनलमा

काठमाडौं, १५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलतर्फ पनि भारत फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलको खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको उक्त खेलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भारतले दोस्रो सेट २५–१९ ले जितेको थियो । तेस्रो सेटमा भने श्रीलंका विजयी भयो । सुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

चोथो सेटमा भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाकिस्तान र बंगलादेशबीचको खेल आजै हुँदैछ । साग पुरुष भलिबलमा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

भारत महिलातर्फको भलिबलमा पनि फाइनलमा पुगेको छ । स्वर्णका लागि भारतले नेपालसँग खेल्नेछ ।

Loading...