fbpx

उपनिर्वाचन २०७६ : कास्कीमा विद्या दोब्बर मतले अगाडि

पोखरा, १५ मंसिर । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९ सय ६० मतले अगाडि रहँदा नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८ सय ८६ मत पाएका छन् ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । जसमा समाजवादी पार्टीका धर्मराज गुरुङ पनि प्रतिस्पर्धामा छन् ।

सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।

Loading...