fbpx

बाबा कृष्णदास गिरीलाई पक्राउ गर्न डिएसपीको टोली अस्पतालमा, हर्टअट्याक भएको भन्दै बाबा आइसियूमा भर्ना

कोशी अनलाइन ब्यूरो
विराटनगर, १५ मंसिर । अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि अस्पताल भर्ना भएका सिद्धपुरुष बताउने कृष्णदास महाराज सिकिस्त बिरामी भएको भन्दै आइसियूमा भर्ना भएका छन् ।

आज सुनसरी प्रहरीले महाराज कृष्णदासलाई नियन्त्रणमा लिएर अदालतमा लगी बलात्कार आरोपमा म्याद थप गराउन तयारी गरेको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरी लग्न डिएसपी विनोद शर्माको टोली विराटनगरस्थित विराट नर्सिङ होममा पुगेको छ । तर, आज बिहान ११ बजेसम्म समान्य अवस्था रहेर भेटघाटमा व्यस्त रहेका बाबा अकस्मात आइसियूमा भर्ना भएपछि प्रहरी अन्यौलमा परेको छ ।

अस्पतालका वरिष्ठ मुटु राेग विषेशज्ञ डाक्टर ज्ञानेन्द्र गिरीका अनुसार उनलाई हर्ट अट्याक भएकाे छ । टेलिफोन सम्पर्कमा उनले हर्ट एट्याक भएपछि आइसियूमा भर्ना गरिएको बताए ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधामस्थित आश्रममा बस्दै आएका महाराज कृष्णदास गिरी बलात्कारको आरोप लागेपछि १२ मंसिर दिउँसो सुटुक्क उपचारका लागि विराटनगर मुनालपथस्थित विराट नर्सिंङ होममा उपचारका लागि भर्ना भएका थिए । उनी अस्पतालको दोस्रो तलामा रहेको गाइनो वार्डमा रहेको ५ नम्बर क्याविनमा उपचारत थिए ।

सिकिस्त बिरामी भनिए पनि उनको अवस्था समान्य थियो । उनलाई दैनिक दजनौँ मानिसहरूले क्याबिनमै भेटघाट गर्दै आएका थिए । उनले शनिबार पत्रकाहरूलाई भेट दिएर आफू निर्दोष भएको बताएका थिए । पहिले उनले बोल्ने समय आइनसकको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चराराधामस्थित आश्रममा बस्दै आएका कृष्णदासले आफूलाई ४ कात्तिक २०७६ मा बलात्कार गरेको भन्दै उनी अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

 

Loading...