fbpx

उपनिर्वाचन २०७६ : खोटाङमा वडाध्यक्षको पदमा नेकपाकी शिवकला राई विजयी

खोटाङ, १५ मंसिर । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएकी हुन् ।

मतगणनाको परिणामअनुसार खसेको ७ सय ९८ मतमध्ये शिवकलाले ३ सय ९१ र शुक्रबहादुरले ३ सय ७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिए ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

Loading...