fbpx

उपनिर्वाचन २०७६ : कास्कीमा विद्याको अग्रता कायमै

पोखरा, १५ मंसिर । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । शनिबार भएको मतदानको मतगणनामा विद्याले तीन हजार ७ सय ४ मतको अग्रता लिएकी हुन् ।

पछिल्लो मतगणनाअनुसार विद्याले ६ हजार ७ सय ९९ मत पाएकी छन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले ३ हजार ७ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १ सय २४ मत बदर भएका छन् । रासस

Loading...