visit-nepal

धरानमा नेकपाका उम्मेदवार झिनोमतले अगाडी

विराटनगर १५ मंसिर । धरान उपमहानगरमा प्रमुख पदको लागि शनिबार सम्पन्न मतदानको गणना कार्य जारी छ । अहिलेसम्म तीनवटा वडाको गणना सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले १८, १९ र २० नम्बर वडाको गणना सकिएको हो । अहिलेसम्म झिनो मत अन्तरले नेकपाका उम्मेदवार प्रकाश राई अगाडी रहेका छन् । नेकपाका उम्मेदवार राईले २३ सय ९ मत ल्याएका छन् । पाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत ल्याएका छन्।

नेकपाको पकड क्षेत्र भएको भनिएको स्थानको मत गणना हुँदा नेकपा १७ मतले मात्रै अगाडी हुँदा नेकपाका कार्यकर्ताहरुमा चिन्ता देखिएको छ । अहिले वडा नम्बर १७ को गणना भइरहेको निर्वाचन अधिकृत उप्रेतीले बताए ।

Loading...