बलात्कार आरोपी सिद्धबाबालाई अदालतमा पेस गरिदै

विराटनगर १५ मंसिर । भक्तमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई आइतबार अदालतमा पेस गर्ने प्रहरीले बताएको छ ।

सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णदास गिरी विरुद्ध आफ्नै अनुयायीले बलात्कारको आरोप लगाएपछि उनी उपचारका लागि भन्दै विराट नर्सिङहोममा भर्ना भएका छन् ।

अस्पतालको प्रसूति विभागको ५ नम्बर क्याबिनमा बसिरहेका गिरीलाई अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्त विनोद शर्माले जानकारी दिए ।

‘कृष्णदास प्रहरी निगरानीमा छन् ।’ उनले भने‘ अस्पतालबाट बाहिर निस्कन दिएका छैनौं, चुनाव सकिएका कारण अब पक्राउ गर्छौं ।’ जिल्ला अदालत सुनसरीले बिहीबार कृष्णदास विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी शुक्रबार अस्पताल भर्ना भएका थिए ।

म्याद थपसँगै प्रहरीले जाहेरीवालाले दिएको निवेदनका आधारमा प्रारम्भीक अनुसन्धान गर्ने बाटो खुल्ने छ । दासले भने आफू प्रहरी हिरासतमा नभइ अस्पतालमै सर्त राखिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Loading...