Rumpum

Rumpum Advertisement

धनपाथान २ मा कांग्रेसका साह विजयी

धनपाथान २ मा कांग्रेसका साह विजयी

विराटनगर १५ मंसिर । मोरङ धनपालथान गाउँपालिका २ मा भएको उपनिर्वाचनमा नेपली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् । साहले १७ सय १ मत ल्याएर वडाध्यक्षमा विजय भए ।

उनका निकटतम प्रतिद्वन्दी नेकपाका पंकज मण्डलले १४९७ मत ल्याए । राप्रपाकी ज्योती पासवानले २४ मत ल्याएकी छिन् । ३२सय ८४ मत खसेकोमा ३८ मत बदर भएको थियो । सो वडामा यस अघि तत्कालिन नेकपा एमालेका वलीराम भगतले जितेका थिए ।

उता खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भइन् ।

शनिबार राति सम्पन्न मतगणना अनुसार कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित भइन् । खसेको ७ सय ९८ मतमध्ये शिवकलाले ३ सय ९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै अन्य स्थानमा भएका निर्वाचनको समेत मत परिणाम आउने क्रम छ । प्युठान नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८ सय ४३ मत ल्याए ।