Rumpum

Rumpum Advertisement

सिरहामा प्रहरी हिरासतबाट ७ थुनुवा फरार

सिरहामा प्रहरी हिरासतबाट ७ थुनुवा फरार

सिरहा १४ मंसिर । सिरहा सदरमुकाममा रहेको नगर प्रहरी कार्यालयबाट ७ थुनुवा भागेका छन् । लागु औषधका ६ जना र १ जना बहुविवाह मुद्धामा पक्राउ परेका ७ जना थुनुवा फरार भएका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले ७/८ जना थुनुवा भागेको जानकारी आएको बताए । अहिले सिरहाको कल्याणपुरको एक वडामा भएको उपनिर्वाचनमा मतगणनामा आफू रहेको भन्दै उनले घटनाबारे जानकारी लिइरहेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहोराले आधिकारीक जानकारी नआएको बताए ।