कुमाखमा नेकपाका बुढाथोकी विजयी

सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले ७९२ मत प्राप्त गरे ।

बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २ सय ५१ मत ल्याए । उपचुनावमा राप्रपाका गोपाल शाहले २१ मत, ल्याएका छन् ।

६० मत बदर भएको थियो । १ हजार ८ सय ३९ मतदाता रहेकामा एक हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए । निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो । तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

Loading...