visit-nepal

थबाङ १ मा नेकपाका जनकबहादुर बुढा मगर विजयी

थवाङ १४ मंसिर । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् ।

१ सय ७४ मत ल्याउँदै उनी वडाध्यक्ष बन्न सफल भए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत ल्याए । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको थियो ।

१ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए ।

Loading...