Rumpum

Rumpum Advertisement

कास्की २ मा अघिल्लो पटक भन्दा कम मतदान, राति ८ बजेदेखि गणना हुने

कास्की २ मा अघिल्लो पटक भन्दा कम मतदान, राति ८ बजेदेखि गणना हुने

पोखरा १४ मंसिर । उपनिर्वाचन भएको एक मात्रै प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा अघिल्लो पटक भन्दा कम मतदान भएको छ ।

विभिन्न ४ स्थानमा भएको बम बिस्फोट र सामान्य विवादका बीच कास्की क्षेत्र नम्बर २ मा ६३.४८ प्रतिशत मतदान भएको छ । मतदाता थपिएपनि अघिल्लो पटक भन्दा ४ कमले मतदानमा भाग लिए ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीका अनुसार ७१ हजार ८ सय ७१ मतदातामध्ये यसपटक ४५ हजार ६सय २१ जनालेमात्र मतदान गरे । आजै राती ८ बजेसम्म सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने उनले जानकारी दिए ।

११ दल तथा १० स्वतन्त्र गरी २१ उम्मेदवार रहेको कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेलबीच प्रतिस्पर्धा हुने अनुमान छ ।