धरानमा ५९ प्रतिशत मत खस्यो

धरान, १४ मंसिर । मेयर पदकालागि धरानमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म कुल मतदाताको ५९ प्रतिशत मत खसेको हो ।

धरानमा २८ मतदान स्थल र ९९ मतदान केन्द्र थिए । प्रारम्भिक रिपोर्ट अनुसार ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा ९२ हजार ८ सय ५३ मतदाता छन् । शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा उत्साहप्रद सहभागिता रहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । धरानको प्रमुख र वडा नम्बर ७ को अध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो ।

Loading...