birat ribon

तेह्र लाखसहित भारतीय हुन्डी कारोवारी पक्राउ

Neuro
तेह्र लाखसहित भारतीय  हुन्डी कारोवारी पक्राउ

सिरहा १३ मंसिर । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको १३ लाख नेपाली रुपैयाँसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीय २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा का २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो ।

cura insider

भारतको लौकाहाबाट बिआर ३२ एच ०३३५ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ ।

jackson ribon