fbpx

बलात्कार आरोपी कृष्णदास महाराज उपचारकालागि अस्पताल भर्ना, अनुयायी भन्छन – ‘महाराजको प्रसिद्धी तुहाउन नियोजित षडयन्त्र भयो ’

कोशी अनलाइन ब्युरो
विराटनगर १३ मंसिर । अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेका कृष्णदास महाराज उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

सुनसरीको वराह नगरपालिका १ चतराधाम स्थित आश्रममा बस्दै आएका कृष्णदास १२ मंसिर दिउँसो सुटुक्क उपचारका लागि विराटनगर मुनालपथ स्थित विराट नर्सिंङ होममा उपचारकालागि भर्ना भएका हुन् ।

हाल उनी अस्पतलाको दोस्रो तलामा रहेको गाइनो वार्डमा रहेको ५ नम्बर क्याविनमा उपचारार्थ छन् ।

चिकित्सकहरुले उनको अवस्था समान्य रहेको बताएका छन् । मुटुमा समस्या आएपछि उनी उपचारका लागि भर्ना भएका थिए । तर हाल उनको अवस्था समान्य छ । उनी आफनो समस्याबारे सहयोगीहरुसँग छलफल गरिरहेका छन् ।

फाइल फोटो

पत्रकारहरुसँग उनले बोल्ने समय आइनसकको भन्दै प्रतिक्रिया दिन मानेनन् । उनले आफुमाथि लागेको आरोपबारे अनुसन्धान गर्न कुनै बाधा नगर्ने बताए । अस्पतालमा उनका सहयोगीहरुले उनलाई सुरक्षा दिइरहेका छन् ।

मोरङका एसपी बिश्व अधिकारीले कृष्णदास महाराजलाई पक्राउ गर्न वा सुरक्षा दिन कुनै आदेश नआएको बताए । सुनसरी प्रहरी प्रवक्ता डिएसपी बिनोद भण्डारीले महिलाले दिएको किटानी जाहेरी दर्ता गरिसकेको र कृष्णदास महाराज निगरानीमा रहेको बताए ।

डिएसपी भण्डारीका अनुसार महाराजलाई पक्राउ गर्नका लागि सुनसरी प्रहरी अदालतबाट पुर्जी प्राप्त गर्ने प्रयत्नमा रहेको छ । पक्राउ पुर्जी आउनसाथ नियन्त्रणमा लिने योजनामा प्रहरी छ ।

चतरा आश्रममा आक्रोश

चर्चित धार्मिक गुरु कृष्णदासजी महाराज विरुद्ध बलात्कार आरोप लागेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका चतराधाम स्थित आक्रममा आक्रोश बढेको छ ।

कृष्णदासको आश्रमका रहेका अनुयायीहरु कसैले नियोजित रुपमा फसाउन निराधार आरोप लगाएको दाबी गरिरहेका छन् । शुक्रबार कृष्णदासको आश्रममा कोशी अनलाइनको टिम पुग्दा उनका अनुयायीहरु शिद्ध पुरुषलाई फसाउने षड्यन्त्र भएको दाबी गर्दै आक्रोशित बनेका थिए ।

‘महिलालाई चरणसमेत छुन नदिने गुरुमाथि फसाउने षडयन्त्र भएको छ ।’ महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले भने ‘ उहाँमाथि फसाउने षड्यन्त्र एक वर्ष अघि देखिकै रहेछ ।’ बलात्कार गरिएकी भनिएकी महिलालाई कृष्णदास महाराजले एक पटक पनि भेटनुभएको छैन’  पण्डितले भने ।

आरोपी कृष्णदासका सहयोगी रामसरण दासले पनि आरोप लगाउने महिलासँग कृष्णदासले भेट समेत नगरेको दाबी गरे । ‘गुरुले महिलालाई आफ्नो चरण (खुट्टा) छुन पनि दिनुहुन्न् ।’

उनी भन्छन् ‘मसहित सातआठ जना २४ सै घण्टा उहाँसँगै हुन्छौं, बलात्कारको आरोप निराधार हो ।’ दश वर्षयता कृष्णदासको सहयोगीको रुपमा काम गरेको बताउने उनले घटना हुनै नसक्ने दाबी गरे ।

आध्यामिक यात्रामा पाएको सफलताका कारण कृष्णदास महाराजमाथि षड्यन्त्र भएको आश्रमकी साधिका आनन्द प्रियंकाले कुनै सजना नाम गरेकी महिलाले एक वर्षयता महाराजमाथि अनावश्यक षड्यन्त्र गरिरहेको बताइन् ।

‘गुरुलाई पठाएको म्यासेजले पनि महिलालाई कसैले परिचालित गरेको प्रष्ट हुन्छ’ उनले भनिन् ‘आध्यात्मिक उचाईले गर्दा महाराजमाथि षड्यन्त्रहरु धेरै भए ।’– साधिका प्रियंकाले भनिन् । उनका अनुसार सजना नाम गरेकी महिलाले महाराजलाई एक वर्षदेखी मोवाइलमा सयौ म्यासेज पठाउदै आएकी थिइन् ।

महायज्ञको समयमा आएकी युवती एक वर्षपछि फेरि आश्रममा आइन्

आश्रममा २६ माघदेखी ८ फागुन २०७५ सम्म चतरामा तारकब्रम्हा महायज्ञ लागेको थियो । सो यज्ञमा साधिक भएर आएकी महिला २५ असोज २०७६ मा पनि आश्रमा आएकी थिइन् ।

ताप्लेजुङ स्थित पाथिभरा मन्दिरबाट सुरु भएको धार्मिक अभियानमा सहभागी भएकी महिला ५ कात्तिकसम्म आश्रममा बसेकी थिइन् ।

महिलाले केन्द्रीय अपराध अनुसन्धान व्युरो मार्फत सुनसरी प्रहरीमा पठाएको किटानी जाहेरीमा ४ कार्तिकमा महाराजले आफूमाथि जवर्जस्ती करणी गरेको दाबी गरेकी छिन् ।

Loading...