visit-nepal

बन्द हुँदै ‘कौन बनेगा करोडपति’

विराटनगर, १३ मंसिर । भारतमा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुने भएको छ । अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टीभीको लोकप्रिय गेम शो बनेको ‘कौन बनेगा करोडपति’को एघारौं सिजन यसै साता शुक्रबार बन्द हुने भएको छ । शोको एघारौँ सिजन बन्द हुँदैछ ।

१३ सातासम्म चलेको शोलाई पहिले नै अमिताभ बच्चनले ६५ भाग र १३ साता चल्ने जानकारी दिएका थिए । शुक्रबारको शो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको छ । रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा भारतका चर्चित अनुहारहरूलाई समावेश गराइँदै आएको थियो ।

sdaf

एपिसोडमा राष्ट्रिय प्रकोप उद्धार बलका जवानहरू खास पाहुना रहेका थिए । यो शोमा बलिउड सेलिब्रेटीहरूको पनि उपस्थित रहेको थियो । अमिताभ बच्चनले होस्ट गर्ने कारणले पनि यो शो थप लोकप्रिय बनेको हो । रियालिटी शोको यो सिजनमा सर्वाकि पुरस्कार राशी ७ करोड भारु राखिए पनि कसैले १६ वटा प्रश्नको सही उत्तर दिन भने सकेका छैनन् ।

Loading...