‘बन्टी और बबली २’ मा अभिषेकको ठाउँमा सैफ

विराटनगर, १३ मंसिर । सन् २००५ मा प्रदर्शनमा आएको हिट फिल्म ‘बन्टी र बबली’ फिल्मको सिक्वेल बन्ने भएको छ । फिल्मको पहिलो भागमा अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जीको अभिनय रहेको थियो ।

फिल्मको सिक्वलको शूटिङ २०२० मा शुरु हुने पक्का भएको छ । फिल्मको सिक्वेलमा रानी मुर्खजी फेरि एक पटक देखिने भएकी छन् । तर, अभिनेषेक भने फिल्ममा नदोहोरिने भएका छन् । फिल्ममा अभिषेकको ठाँउमा अभिनेता सैफ अली खानलाई अनुबन्धित गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको सिक्वेलमा रानी र सैफका साथ सिद्धान्त चतुर्वेदी र नवनायिका शारवरी वागको मुख्य भूमिका रहने भएको छ ।

फिल्मलाई वरुण शर्माले निर्देशन गर्ने भएका छन् । फिल्मको नाम ‘बन्टी और बबली २’ राखिएको छ । सैफ अली खानको साथमा रानी मुर्खजीले यसअघि पनि काम गरिसकेकी छन् । हम तुम, तारा रम पम र थोडा प्यार जस्ता फिल्ममा यी दुईले एकसाथ स्किन सेयर गरेका थिए ।

Loading...