fbpx

फेरि बढ्यो सुनको मूल्य, चाँदीको भाउमा पनि वृद्धि

विराटनगर, १३ मंसिर । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको हो

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार निर्धारण गरेको छ । बिहीबार छापावला सुन प्रतितोला रु ७१ हजार र तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य रु पाँचले वृद्धि भई प्रतितोला रु ८५५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ । रासस

Loading...