मेलिना राईको ‘तिमीसँगै’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १३ मंसिर । गायिका मेलिना राईको सुमधुर स्वरमा ‘तिमीसँगै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गीति एल्बम ‘अमर–२’ मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्जमा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

sdf

ओएस नेपालको प्रस्तुतिमा गीतलाई कृपा टिभी नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोमा ईश्वर फुँयाल, सृष्टि आचार्य र साया लामाको अभिनय रहेको छ ।

नरेन्द्र धामीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई कृष्ण भट्टराई र राजकुमार लामाले निर्माण गरेका हुन् । प्रेमबिना संसार चल्दैन मिलन र बिछोडको खेल चलिरहन्छ अनि नयाँ सिर्जना हुने संदेश दिने गीतको भिडियोलाई महेश महराले छायांकन गरेका छन् भने गीतलाई निर्देशक धामीले नै सम्पादन गरेका हुन् ।

Loading...