fbpx

मूल्य बढेपछि बाटोबाटै एक ट्रक प्याज लुटियो

एजेन्सी, १३ मंसिर । भारतमा प्याजको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि पसल फोडेर प्याज चोरी भएका खबरहरू सार्वजनिक भइरहेका छन् । तर, अब भने प्याजको ओसारपसारमा समेत चुनौती बढेको देख्न सकिन्छ ।

प्याजको बजारमूल्य प्रतिकिलो एक सय भारु रहेको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार ४० टन प्याज बोकेको ट्रक लुटिएको छ । महाराष्ट्रको नासिकबाट उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा प्याज बोकेको ट्रक लुटेराहरूको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिएर सबै प्याज लुटेका हुन् ।

हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको र समयमा ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । अनुसन्धानका क्रममा मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको थियो ।

रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । प्याजको मूल्य बढेका कारण लुटेराहरुल प्याज लुटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज लुटेपछि प्याजको ओसारपसारमा समेत चुनौती थपिएको हो । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरूको भूमिकाबारे केही जानकारी प्राप्त भएको छैन ।

Loading...