fbpx

ब्राउन सुगरसहित तीन जना समातिए, पक्राउ पर्नेमध्ये २ जना युवती

धनगढी, १३ मंसिर । प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढा रहेका छन् ।

उनीहरूलाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले आज जानकारी दिए ।

Loading...