fbpx

नगरपालिका अगाडि भेटिएको बम सेनाद्वारा निष्क्रिय

सिरहा, १३ मंसिर । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका अगाडि राखेको बम आज बिहान फेला पारेको छ ।

रातो झोलामा बम राखिएको अवस्थामा स्थानीयवासीले देखेपछि बिहान प्रहरीलाई खबर गरेको थियो । बम राखिएको खबर पाएपछि चोहर्वास्थित शेर गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।बम कसले र कतिबेला राखेको विषयमा केही खुल्न सकेको छैन । रासस

Loading...