fbpx

सिरहामा भेटियो मध्य पहाडी क्षेत्रमा पाइने अनौंठो सालक

सिरहा, १३ मंसिर । सिरहामा मध्य पहाडी क्षेत्रमा पाइने सालक भेटिएको छ । सिरहाको सुखीपुरमा मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक फेला परेको हो ।

सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको उक्त सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको छ । झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ ।

उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । बिक्रीका लागि प्रतिबन्धित सो सालक बहुमूल्य मानिन्छ । रासस

Loading...