fbpx

घट्यो सुनको दाम, चाँदीको भाउमा पनि गिरावट

विराटनगर, १२ मंसिर । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ । नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८ सय ५५ मा कारोबार भएको महासङ्घले जनाएको छ । रासस

Loading...