visit-nepal

आलिया र रनवीरको ‘ब्रह्मास्त्र’ ‘एभेन्जर्स एन्ड गेम’ जस्तै

विराटनगर, १२ मंसिर । धमाधम छायांकन भइरहेको फिल्म ‘ब्रह्मास्त्र’ अहिले निकै चर्चामा आएको छ । सन् २०२० मा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन भइरहेको छ । यस्तैमा फिल्मसँग जोडिएको खबर सार्वजनिक भएको छ ।

भारतीय मिडियाहरूमा फिल्म ‘ब्रह्मास्त्र’ को केही कथा तथा भाग हलिउड फिल्म ‘एभेन्जर्स एन्ड गेम’ सँग मिलेको उल्लेख गरिएको छ । मार्भलसको सुपरहिरोहरू इनफिनिटी स्टोन्सको लागि लडेको र ‘ब्रह्मास्त्र’मा पनि फिल्मका मुख्य अभिनेता रनवीर कपुर ‘ब्रह्मास्त्र’ पाउनका लागि लडिरहेको भाग केही मिल्न गएको छ ।

asfd

फिल्ममा रनवीर एक पुरातत्त्व विद्को भूमिका निभाउँदै छन् र अन्त्यमा उनी ब्रह्मास्त्रसम्म पुग्ने छन् । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा रणविरका साथ आलिया भट्ट, बलिउडका सुपरस्टार अमिताभ बच्चन र नागार्जुनको मुख्य भूमिका रहेको छ । फिल्ममा अभिनेता शाहरुख खानको भूमिका रहेको भन्ने चर्चामा आए पनि निर्माण टिमले केहि जानकारी भने दिएको छैन ।

फिल्ममा शाहरुखले केमियो भूमिका गर्न लागेको र रनवीरको यात्रालाई अगाडि लैजानका लागि फिल्ममा शाहरुखको भूमिका विशेष रहेको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

Loading...