fbpx

पसल फोडेर पैसा होइन चोरी भयो प्याज !

विराटनगर, १२ मंसिर । पछिल्लो समय नेपाली बजारमा मात्रै नभएर भारत तथा अन्य देशहरूमा पनि प्याजको मूल्य दिनदिनै बढ्दै गएको छ । प्याजको भाउ बढेर एक किलोकै २ सय ३० देखि २ सय ५० रुपैयाँ पुगिसकेको छ ।

प्याजको मूल्य बढेसँगै चोरले पसलबाट पैसा नभएर प्याज चोर्न थालेका छन् । भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक शब्जी पसलबाट प्याज चोरी भएको छ । हिन्दी ‘न्यूज १८’ को अनुसार अजय दासको शब्जी पसललाई फोडेर त्यहाँबाट चोरहरूले प्याज चोरेर लागेका छन् ।

sdaf

चोरहरूले पसलमा राखिएको पैसालाई छोडेर केवल प्याज, लसुन र अदूवा मात्रै लिएर भागेको खबर सार्वजनिक भएको छ । पसलका साहु अजयले मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका बेलामा पसलमा तरकारी छरपस्ट भएको देखे । पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाउँदै पसलमा भएको पैसा गन्न थाले । गल्लामा भएको पैसा पूरा भएपनि पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए ।

पसलबाट ५० हजार बराबरको प्याज, लसुन र अदूवाको चोरी भएको छ । राम्रो मूल्यमा बेच्नका लागि अजयले प्याजको बोराको ठूलो भण्डारण गरेर राखेका थिए । भारतीय व्यापारीहरूले बढी मुनाफा कमाउनका लागि प्याज भण्डारण गरेर राखेको हुँदा सरकारले प्याज किन्न पनि सीमा तोकेको छ । भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेको छ ।

Loading...