fbpx

रमाइलोबाट लागूऔषधसहित एकजना पक्राउ

विराटनगर, १२ मंसिर । प्रहरीले मोरङको कानेपोखरी गाँउपालिका–६ रमाइलोबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । स्थानीय २३ वर्षीय सिमन मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

बुधबार राति करिब ११ बजे प्रहरी चौकी रमाइलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले बाटोमा भेटिएका मगरको साथबाट नाइट्रोभेट नामक ट्याभ्लेट ८ पिस, स्पाजमोल ट्रयाभ्लेट १७ पिस र पृजोल नामक ट्याभ्लेट ५ पिस फेलासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...