fbpx

मोरङ व्यापार संघमा मजदूरको धर्ना

विराटनगर, १२ मंसिर । विराटनगरस्थित मोरङ व्यापार संघमा मजदूरहरूले धर्ना दिएका छन् । सरकाले लागू गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गर्दै मजदूरहरूले विराटनगर मेघनाथ मार्गस्थित मोरङ व्यापार संघमा धर्ना दिएका हुन् ।

सामाजिक सुरक्षा दिवसको अवसरमा धर्नामा सहभागी भएका संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसी) र समग्र उद्योग ट्रेड युनियन नेपाल (डब्लुएचआइएन) ले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गरेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले अझै सरकारले लागू गरको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनयमा अटेर गरिरहेको मजदूरहरूको आरोप छ ।

Loading...