fbpx

मजदूरलाई पेस्तोल देखाएर तर्साउन खोज्दा एकजना पक्राउ

उदयपुर, १२ मंसिर । प्रहरीले हतियारसहित उदपुरको बेलका नगरपालिका–३ बाट एकजनालाई पक्राउ गरेको छ । बुधबार राति सातपत्रे भन्ने स्थानबाट १९ वर्षीय मनोज खत्रीलाई एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले राति साढे ९ बजे पक्राउ गरेको हो । सातपत्रेबाट रामपुरतर्फ आउँदै गरेको स१त ७४४० नम्बरको ट्याक्टरमा काम गर्ने १८ वर्षीय विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल समेत देखाएर अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजाँदै गरेको अवस्थामा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Loading...