fbpx

ट्रकले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर, १२ मंसिर । सिमेन्ट बोकेको ट्रकले ठक्कर दिँदा मोरङको बेलबारीमा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान मोरङको बेलबारी नगरपालिका–२ मा ठक्कर पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको हो ।

तेह्रथुमको बसन्तपुर घर भएका लिम्बूलाई पैदल हिँडिरहेका बेला ट्रकले ठक्कर दिएर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

ट्रक र चालक बाराको निजगढ–९ का ३२ वर्षीय रमेश बड्तौलालाई नियन्त्रणमा लिएको छ ।

Loading...