हिन्दू भावनालाई ठेस पुर्‍याउने प्रयास गरेको भन्दै सलमानको ‘दबंग ३’ विवादमा

विराटनगर, १२ मंसिर । डिसेम्बर २० देखि प्रदर्शनमा आउन लागेको चर्चित बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ विवादमा परेको छ । केही दिनअगाडि सार्वजनिक भएको फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ले हिन्दू भावनालाई ठेस पुर्‍याउने प्रयास गरेको भन्दै फिल्म विवादमा तानिएको हो ।

हिन्दू जन जागृति समितिले ‘दबंग ३’ को टाइटल ट्रयाकका कारण हिन्दू धर्मावलम्बीहरूलाई ठेस पुग्ने बताउँदै उक्त समिति निर्माण टिममाथि खनिएको हो । समितिले निर्माण टिमलाई आरोप लगाउँदै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिनसमेत आग्रह गरेको छ ।

सार्वजनिक गरिएको टाइटल गीतमा ऋषिहरूले सलमानसँग आपत्तिजनक नृत्य गरेको भन्दै समितिले विरोध गर्न सुरु गरेको हो । गीतमा ऋषिहरूको हातमा गितार रहेको र सलमानसंग अपतिजंक नृत्य गरेको हुँदा यस दृश्यले हिन्दू धर्मावलम्बीहरूलाई ठेस पुग्ने बताइएको छ ।

एक्सन र कमेडीले भरिएको फिल्ममा सलमानका साथ अभिनेत्री सोनाक्षी सिन्हा र साइ माञ्जरेकरका साथ माही गिल, टिनु आनन्द, सुदीप किच्चा र अरबाज खानलगायतको कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा सलमान फेरी एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गरेका छन् । प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा सलमान आफैँले लेखेका हुन् भने पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।

Loading...