‘नो इन्ट्री’को सिक्वेलमा सलमान नहुने

विराटनगर, ११ मंसिर । सन् २००५ मा प्रदशनमा आएको सुपरहिट कमेडी फिल्म ‘नो इन्ट्री’को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेल आउने पक्का भएको खवर फिल्मका निर्माता बोनी कपुरले बताएका छन् । अहिले फिल्मको छायांकनको खवरलाई लिएर कुनै आधाकारिक जानकारी भने सार्वजनिक भएको छैन ।

फिल्ममा पुराना कलाकारहरूकै नै अभिनय रहने पक्का भए पनि सलमान खान भने फिल्ममा नहुने भएका छन् । भारतीय सञ्चार माध्यमको अनुसार सलमान र निर्माता बोनी बीचमा फिल्मको बारेमा कुराकानी भएको र सलमानले बोनीसँग आफु फिल्ममा नहुने पक्का गरेको उल्लेख गरिएको छ ।

भारतीय मिडियाहरूमा बोनीका छोरा अर्जुन कपुर र सलमानकी बुहारी मलाइका अरोराको प्रेमका कारण सलमानले बोनीसँग काम गर्न नचाहेको पनि बताइएको छ । रिलिज भएको १४ वर्षपछि सिक्वेल बन्न लागेको फिल्म ‘नो इन्ट्री’को स्किृप्टको काम पुरा भइसकेको छ । तर, फिल्मका सबै कलाकारहरू फाइनल नभएका कारणले फिल्मको छायांकनमा ढिलाई भइरहेको छ । ‘नो इन्ट्री’ को पहिलो भागमा अभिनेता अनिल कपूर, सलमान खान, फरदीन खान, अभिनेत्री विपाशा बासु, इशा देओल ,सेलिना जेटली र लारा दत्त लगायतका कलाकारहरूको अभिनय रहेको थियो ।

Loading...