‘जोकर’को सिक्वेल बन्ने

विराटनगर, ११ मंसिर । विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल भएको हलिउड फिल्म ‘जोकर’को सिक्वल निर्माण हुने भएको छ । हलिउड रिपोर्टर म्यागेजिनमा प्रकाशित भएको खबर अनुसार फिल्मका मुख्य अभिनेता ज्याकिन फिनिक्सले निर्देशक टड फिलिप्ससँग फिल्मको दोस्रो श्रृंखलामा फेरी एकपटक सहकार्य गर्ने भएका छन् ।

अक्टुवरमा प्रदर्शनमा आएको हलिउड फिल्म ‘जोकर’ले बक्स अफिसमा बम्पर कमाई गरि विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गर्ने छैटौ फिल्म बन्न सफल भएको थियो । फिल्म ‘जोकर’ ‘एभेन्जर्स इन्डगेम’पछि सर्वाधिक चर्चामा रहेको फिल्म समेत बनेको छ । डिसी कमिक्समा आधारित फिल्मले १ बिलियन कमाएको यो चौथोपटक हो ।

२०१८ मा आक्वाम्यान, २०१२ को द डार्क नाइट राइजेज, द डार्क नाइटले १ बिलियन कमाएका थिए । विश्वभरका दर्शकले रुचाएको यस चलचित्रको सिक्वेल बनाउन निर्देशक टड फिलिप्स र वार्नर ब्रोज प्रमुख टबी एमेरिकबीच छलफल भइरहेको छ । फिल्ममा ज्वाक्विन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाहा गरेका छन् । उनको यो भूमिकाले पनि निकै प्रशंसा कमाएको छ । भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको फिल्मलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ प्राप्त भएको थियो ।

Loading...