कंगनाले गरिन् आफ्नो पहिलो फिल्म निर्माण गर्ने घोषणा

विराटनगर, ११ मंसिर । बलिउडकी चर्चित अभिनेता कंगना रनावतले फिल्म निर्माण गर्ने भएकी छन् । कंगनाले आफ्नो पहिलो फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन् । उनले आफ्नो निर्माण गर्ने फिल्मको नाम ‘अपराजीता अयोध्या’ राख्ने निर्णय गरेकी छन् ।

अयोध्या मामला भारतमा चार सय वर्षदेखि विवादको विषय थियो । कंगनाले फिल्म निर्माण गर्ने घोषणा गर्दै आफू बाल्यकालदेखि अयोध्या विवादको बारेमा सुन्दै आएको भएर अयोध्या विवाद आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको बताइन् । राम मन्दिर निर्माणको पक्षमा फैसला आएपछि खुशी व्यक्त गर्दै यसले भारतको राजनीतिकस्तर नै बद्लेको बताइन् ।

अयोध्या विवादको विषय आफ्नो पहिलो निर्माणमा उपयुक्त विषय हुने भएकाले उक्त विषयमा फिल्म निर्णय गर्न आँटेको बताएकी छन् । २६ जुन २०२० मा रिलिज हुने भनिएको ‘अपराजीता अयोध्या’ ले अगामी वर्ष हंगामा मच्चाउने उनको दाबी रहेको छ । बाहुबली, बजरंगी भाइजान, मगाधीरा जस्ता हिट फिल्मका लेखक भिके भिजेन्द्र प्रसादले फिल्मको कथा लेख्ने भएका छन् ।

मनिकर्णीका फिल्म आफैँले निर्देशन गरेर चर्चामा आएकी उनले पहिलो पटक अयोध्यामामलामा फिल्म निर्माण गर्ने सार्वजनिक घोषणा गरेकी हुन् । कंगना अहिले आफ्नो नयाँ फिल्म ‘थलैभि’ मा अभिनेत्री र राजनितिज्ञ जय ललिताको भुमिका निर्वाह गरेकी छन् ।

Loading...