fbpx

पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम बिस्फोट

पोखरा ११ मंसिर । पोखरामा नेपाल कम्युनिष्ट पार्टीको चुनावी सभास्थल नजिकै वम बिस्फोट भएको छ । पोखरा महानगरपालिका नयाँ बजार स्थित प्रर्दशनी स्थलमा नेकपाको चुनावी सभा भैरहेको समयमा आज दिउँसो बम बिफस्टो भएको हो । चुनावी सभालाई भाँडनकालागि अज्ञात समुहले बम विस्फोट गराएपनि एक बस र एक माईक्रोमा समान्य क्षती पुगेको कास्की प्रहरीले जनाएको छ । सभामा नेकपा नेता सुभाष नेम्बांगले सम्बोधन गरिरहेको समयमा सभास्थल नजिकै रहेको बसपार्कमा बम बिस्फोट भएको थियो । बम बिस्फोट पनि पोखराको सुरक्षा अवस्था प्रहरीले कडाई गरेको छ । १४ मंसिरमा हुने उपनिर्वाचनकालागि नेकपाले पोखरामा आज अन्तिम सभा आयोजना गरेको हो । पुर्व पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीकी धर्मपत्नी बिद्या भटराई कास्की २ वटा प्रतिनिधि सभाको उपनिर्वाचनमा उम्मेदबार बनेकी छन । उनलाई बिजयी गराउन नेकपाले आयोजना गरेको चुनावी सभालाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल लगायतका नेताहरुले सम्बोधन गदैछन ।

Loading...