fbpx

प्रदेश १ मा ३३ पुल निर्माण हुँदै, सय पुलको डिपिआर गरिँदै

विराटनगर, ११ मंसिर । १ नम्बर प्रदेशमा १४ जिल्लाहरूमा ३३ पुल निर्माण थालिएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा ३३ पुल निर्माण थालिएको हो । निर्माण थालिएका पुलमध्ये २७ वटा प्रदेश सरकारको एक स्थानीय तहको बजेट छ ।

पाँचवटा पुल भने संघीय सरकारको लगानीमा निर्माण भइरहेको छ । पुल निर्माणमा स्वीस सरकारको विकास नियोगद्वारा सञ्चालित स्थानीय सडक पुल कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ । स्थानीय सडक पुल कार्यक्रम इकाई इटहरीका इन्जिनियर मंकेश्वर ठाकुरका अनुसार निर्माणधीन पुलमा इकाईले प्राविधिक सहयोग गरिहेको छ ।

इकाईकै सहयोगमा प्रदेश १ मा थप एकसय वटा पुल निर्माणका लागि विस्तृत डिजाइन लागत स्टमेट (डिपिआर) को काम सुरु भएको छ । डिपिआरको काम पनि यसै वर्ष सक्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए ।

Loading...