fbpx

स्काउटले विराटनगरमा स्काउट फ्रेण्डसीप क्याम्प आयोजना गर्दै

विराटनगर, १० मंसिर । स्काउटले आगामी १३ देखि १५ गतेसम्मम विराटनगरमा ‘स्काउट फ्रेण्डसीप क्याम्प–२०७६’ आयोजना गर्ने भएको छ । ‘देश विकासको लागि स्काउट’ भन्ने मूल नाराका साथमा स्काउट स्टार टु«प रहेको स्टार बोर्डिङ स्कुल विराटनगरको नेतृत्वमा स्काउटले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

विराटनगरको १३ मा रहेको स्टार सेकेण्डरी बोर्डिङ स्कूलको प्राङ्गणमा सो कार्यक्रमको आयोजना गर्ने बताइएको छ । नेपाल स्काउटले जिल्लाको वार्षिक कार्यक्रमअन्तर्गत सो कार्यक्रम गर्न लागेको नेपाल स्काउटका मोरङ जिल्ला संयोजक तथा क्याम्प प्रमुख प्रदीपकुमार विश्वासले जानकारी दिए ।

मोरङ जिल्लाभित्र र बाहिरका स्काउट परिवारहरूसित भातृत्वको भावनाको अभिवृद्धि गर्ने, स्काउटको शिक्षा सबैमा पु¥याउने र विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभइ व्यवहारिक ज्ञान पनि प्रदान गर्ने उद्देश्यसहित सो कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।

मोरङका ३५ वटा विद्यालयसहित विभिन्न स्कूलका विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरी तालिम तथा शिक्षात्मक, मनोरञ्जनात्मक कार्यक्रमहरू यस क्याम्पमा समावेश गरिएको क्याम्प संयोजक डा. उद्धव पोखरेलले बताए ।

Loading...