fbpx

गल्ती कोबाट हुदैन ?

अरुको गल्ती कोटयाएर आफुलाई राम्रो देखाउनु भन्दा गल्ती सच्याउने तत्परता देखाउने राम्रो हो भन्दै हरिशरण खनाल समाजिक सञ्जाल फेसबुकमा लधु कथा मार्फत सन्देशमुलक यस्तो स्टाटस लेख्छन ,

एउटा विद्यार्थीले प्रिन्सिपलसँग भन्याे।
प्रिन्सिपल- प्रिन्सिपल! हिजाे बुबाले मेराे जन्म दिनमा दिनु भएकाे महंगाे घड़ी हरायाे ।
प्रिन्सिपल: कहाँबाट हरायाे ?

विद्यार्थी: यहीं कक्षा काेठाबाट हरायाे सर !
प्रिन्सिपल: कसरी हरायाे ?

विद्यार्थी: म टिफ़िन टाइममा घड़ी यहीं टेबुलमा राखेर बाहिर गएकाे थिए, आउँदा टेबुलमा घडी छैन सर !
प्रिन्सिपल: त्यसाे भए याे समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू काेही आएका छैनन् ।

प्रिन्सिपल: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नाे आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रिन्सिपलले सबैकाे पकेट छाम्याे । एउटाकाे परेटमा घड़ी भेटियाे। प्रिन्सिपलले घड़ी बुझाए ।

चाेरी गर्ने केटा डरायाे । उसले अब मैले चाेरेकाे कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्याे । एकदिन दुईदिन गर्दै समय वित्याे । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नाे कर्ममा लागे ।

चाेर्ने केटा ठूलाे इण्डस्ट्रीजकाे मालिक बन्याे । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियाे । उक्त कार्यक्रममा आफ्नाे प्रिन्सिपल पनि आएका थिए । केटा प्रिन्सिपलसँग गएर प्रिन्सिपललाई धन्यवाद ज्ञापन गर्दै भन्याे “आज म जाे स्थानमा छु सर हजुरकै देन हाे । म हजुरकाे त्याे गुन कहिल्यै भुल्ने छैन ।”

प्रिन्सिपल आश्चर्यमा पर्दै भने “मैले त्यस्ताे के गरें र ? तिमी याे सब भन्दैछाै ?” विद्यार्थीले भन्याे हजुरले त्याे दिन मैले चाेरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज ज़िन्दा मात्र हैन, याे स्थानमा छु, त्याे कुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”

प्रिन्सिपल आश्चर्यमा पर्दै भने: “त्याे केटा तिमी थियाै?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयाे ?” प्रिन्सिपल: मैले त्याे दिन तिमीहरू सँगै मेराे आँखा पनि कालाे पट्टीले बाँधेकाे थिए । ताक़ि घड़ी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेराे विद्यार्थी मेराे नजरबाट नगिराेस् । याे कुरा सुनेर विद्यार्थी झन् आँखाभरी आँसु लिंदै प्रिन्सिपललाई अँगालेर राेयाे ।

गल्ती कसबाट हुँदैन? तर, आज हामी अरूकाे गल्ती खाेज्दै हिंड्छाैं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छाैं । जबकि हामी काेही गल्ती नगर्नेमा पर्दैनाैं । सबैले सानाे-ठूलाे गल्ती गरि रहेका हुन्छाैं । के कसैकाे गल्ती हामीले माफ़ गर्न सक्दैनाैं ? गल्ती ढाक्न सक्दैनाैं ? सुध्रने माैका दिन सक्दैनाैं ?

Loading...