‘प्रेम गीत ३’ सँग भिड्ने भयो ‘चपली हाइट ३’

विराटनगर, १० मंसिर । केही दिनअगाडि मात्र छायांकनमा गएको फिल्म ‘चपली हाइट ३’को रिलिज मिति घोषणा गरिएको छ । फिल्मका निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्काले छायांकनस्थलबाटै फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।

aaa

फिल्म वर्षको अन्तिम साता चैत २८ गते रिलिज हुने तय भएको छ । छायांकनमा जानुभन्दा पहिले नै रिलिज डेट घोषणा गर्ने योजना भए पनि प्राविधिक काम कस्तो होला भन्ने दोधारका कारण फिल्मको रिलिज डेट तय गर्न नसकेको निर्माण टिमले जनाएको छ । छायांकनको पाँचौ दिनसम्म आइपुग्दा ‘चपली हाइट ३’ले रफ्तार समातेको हुँदा फिल्मले पूर्ण रूपमा तयार हुन धेरै समय नलाग्ने भएकाले चैत २८ को रिलिज डेट तय गरेको निर्माता अर्जुनले बताए ।

आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुने उनले थपे । चैत २८ गतेका दिन अभिनेता प्रदीप खड्का अभिनित ‘प्रेम गीत ३’ पनि प्रदर्शनमा आउने भएको छ । बक्स अफिसमा यो दुई फिल्मको भिडन्त हुने पक्का भएको हुँदा ‘प्रेम गीत’ को डरले फिल्मले रिलिज मिति सार्ने सम्भावना देखिन्छ ।

asf

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने भएको छ । ‘चपली हाइट ३’मा स्वस्तिमाले सोझी युवतीको भूमिका निर्वाह गरेकी छन् भने उनको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ । फिल्मलाई थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर नौलो कथामा निर्माण गर्न लागिएको हो ।

 

Loading...