‘बच्चन पाण्डे’मा अक्षयको जोडी कृति

विराटनगर, ९ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा अभिनेत्री कृति सेननको इन्ट्री भएको छ । कृतिलाई फिल्ममा स्वागत गर्दै प्रोडक्शन कम्पनी नाडियाडवाला ग्रान्डसनको आधिकारिक एकाउन्टबाट कृति फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।

‘बच्चन पाण्डे’ मा अनुबन्ध भएपछि कृतिले फेरि एकपटक अक्षय र निर्देशक फरहाद समजीसँग काम गर्नका लागि आफू निकै उत्साहित रहेको बताइन् । यसअघि कृतिले अक्षयसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेकी छन् । यो जोडीलाई फेरि एक पटक पर्दामा देख्न पाइने भएको छ ।

sdf

फिल्म तमिल सुपरस्टार अजीत कुमारको ब्लकबस्टर फिल्म ‘वीरम’ को हिन्दी रिमेक हो । निर्देशक फरहाद समजीले यसअघि ‘हाउसफुल ४’ निर्देशन गरेका थिए । ‘बच्चन पाण्डे’ को फर्स्ट लुक सार्वजनिक भइसकेको छ ।

सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा अक्षयलाई भिन्न लुक्समा देख्न सकिन्छ । उनले घाँटीमा मोटा मोटा सिक्रिका साथ लुंगी लगाएको पनि देखिन्छ । पोस्टरमा उनको एक्सन अवतारलाई प्रस्ट्याउँछ । फिल्म सन् २०२०को क्रिसमसमा रिलिज हुने पक्का भएको छ ।

Loading...