अनमोल केसी बने सर्वाधिक लोकप्रिय कलाकार

विराटनगर, ९ मंसिर । अहिलेका चर्चित अभिनेता अनमोल केसीले सर्वाधिक लोकप्रिय कलाकारको अवार्ड पाएका छन् । अनमोलले आफ्नो फिल्म ‘क्याप्टेन’ बाट पाएको सर्वाधिक लोकप्रिय कलाकारको अवार्डलाई जापान पुगेर थापेका हुन् ।

२४ नोभेम्बरमा जापानको टोकियो सहरमा भएको दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ अनमोललाई उक्त उपाधि दिइएको हो । सर्वाधिक लोकप्रिय कलाकारको अवार्ड थापेका अनमोल अवार्ड लिएर खुशीसमेत व्यक्त गरेका छन् । नयाँ पिँढीमाझ अनमोल निकै लोकप्रिय छन् ।

asf

जापान पुगेका अनमोल मारुन कलरको कोटमा सेतो कार चढेर अवार्डस्थल पुग्दा धेरैको ध्यान आकर्षण भएको थियो । चर्चित अभिनेता भुवन केसीका छोरा अनमोल नेपालको सर्वाधिक महङ्गा, लोकप्रिय र अहिलेका चलेका कलाकारका रूपमा पनि चिनिन्छन् ।

अनमोल अहिले आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टीहिरो’ र ’ए मेरो हजुर ४’ फिल्मका लागि ब्यस्त रहेका छन् ।

https://www.facebook.com/Anmolkaycee/posts/10156895218529639?__xts__[0]=68.ARCOT7Ioj8cy_6KMViOKeL0vdmPDZJ0pA27eU2GNUQIVzgvBWqirQwML7D5pd6qxHilBYhBYX8OajP6wc4SwemwSCn1-m3TXkwLVV1uLEMFKjxs61s2X9YNh_ZE9hLcpulhtlLvf57uziktpfJg1ost-NNBbFyvSFctZwbB347wdaoxmiGNuedUVhYgasczB8JzDjjWr8SExnSWGMOVkNt1eBtxxRAV6Px5tlxeLdFcB16_2ExuXYFI3D8FdfsXTGF_xmg&__tn__=-R

Loading...